Logo

सभामुखको उम्मेदवारीबारे उपेन्द्र र माधवसँग छलफल गर्दै देउवा



काठमाडौं, ४ माघ । नेपाली कांग्रेसले सभामुखको उम्मेदवारी दिने भएको छ । विपक्षी समीकरण बनाएर उम्मेदवारी दर्ता गराउन लागेका कांग्रेस सभापति शेरबहादुर देउवा अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवसँग छलफल हुने भएको छ । बैठकमा लोसपाका अध्यक्ष महन्थ ठाकुर पनि सहभागी हुने बताइएको छ ।

योसँगै कांग्रेसले उम्मेदवारी दर्ताका लागि अब माओवादी केन्द्रको निर्णय नपर्खिने भएको छ । उनीहरुबीच आज विहान पनि छलफल भएको थियो । कांगे्रसले इश्वरी न्यौपानेलाई सभामुखको उम्मेदवारमा अघि सार्ने भएको छ ।

 

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्