Logo

कांग्रेस विपक्षी दलको भूमिकामा बस्न मिल्दैन– प्रेम सुवाल



काठमाडौं, ५ माघ । नेपाल मजदूर किसान पार्टीका सांसद प्रेम सुवालले कांग्रेस कांग्रेस संसदमा प्रतिपक्ष दलको भूमिकामा बस्न नमिल्ने बताएका छन् ।

प्रतिनिधिसभाको बिहिबारको बैठकमा बोल्दै उनले कांग्रेसको विपक्षी दलको हैसियतमाथि प्रश्न उठाएका हुन् । प्रधानमन्त्रीलाई विश्वासको मत दिएसँगै कांग्रेसले विपक्षी दलको भूमिका गुमाइसकेको उनले बताएका हुन् । साथै, प्रधानमनत्रीलाई विश्वासको मत नदिने सबैभन्दा ठूलो दल नेमकिपा भएकाले कानुनबमोजिम विपक्षी दलको नेता तोक्न पनि उनले संसद सचिवालयको ध्यानाकर्षण गराए ।



प्रतिक्रिया दिनुहोस्