Logo

अबको मिसन राष्ट्रपतिको निर्वाचन हुन्छ– चन्द्र भण्डारी



काठमाडौं, ५ माघ । नेपाली कांग्रेसका सांसद चण्द्र भण्डारीले सभामुखको निर्वाचनमा सफल नभएपनि अब राष्ट्रपतिको निर्वाचनको मिसनमा लाग्ने बताएका छन् । बिहिबार संसद् भवनबाट बाहिरिने क्रममा सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिकृया दिँदै उनले कांग्रेससँगको गठबन्धन टुटेपछि अर्कोपक्षको गठबन्धन टुटाउन लागिपर्नु स्वाभाविक भएको बताए।

‘हामी गठबन्धनमा भएका थियौं। सरकार बनाउने बेलामा टुट्यो। आफ्नो पक्षको गठबन्धन टुटेपछि अर्को पक्षको गठबन्धन टुटाउन लागिरन्छ । मिसन सभामुखको थियो अबको मिसन राष्ट्रपतिको हुन्छ । त्यो निरन्तर प्रक्रिया हो,’ उनले भने ।

सभामुखमा सत्ता गठबन्धनका साझा उम्मेदवार देवराज घिमिरे निर्वाचित भएका छन् । उनले प्रतिनिधि सभाबाट एक सय ६७ मत प्राप्त गरेका थिए । साथै अर्को संसद् बैठक आगामी माघ ७ गते बस्ने छ ।



प्रतिक्रिया दिनुहोस्