एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनको घरमा अमेरिकी न्याय विभागले छापा मारेको छ।
बाइडेनको डेलावेरको वेलमिङटनस्थित घरमा १३ घण्टा खोजी गर्दा ६ थप गोप्य कागजात फेला पारेर लगिएको बाइडेनका वकिलले भनेका छन्।
शुक्रबार जफत गरिएका ती कागजातहरू बाइडेन सिनेटर हुँदाको समयको र अरू बाराक ओबामाको राष्ट्रपतिय कार्यकालमा उपराष्ट्रपति हुँदाको हुन्।
कतारी विश्व च्यानल अलजजिराका अनुसार गोप्य दस्ताबेज जफत भएको बाइडेनका वकिल बोब बाउरले पुष्टि गरेका छन्।
विज्ञप्तीअनुसार राष्ट्रपति बाइडेनले न्याय विभागलाई आफ्नो घरमा खोजी गर्न अनुमति दिएका थिए।
बाइडेन र उनकी श्रीमती तटीय शहर रेहोबोथमा बिदा मनाइरहेका छन्।
photo by : aljazeera