Logo

जापान : विश्वकै सबैभन्दा बढी ऋण भएर पनि कसरी बाँचिरहेको छ ?



एजेन्सी । गत सेप्टेम्बरको अन्तिम दिनमा जापान यस्तो आँकडातर्फ अघि बढेको थियो, जसलाई देखेर विश्वको जुनसुकै देशमा खलबली फैलिनेछ। यो यस्तो आँकडा थियो, जुन आगामी दिनमा निरन्तर बढ्ने थियो।

त्यो आंकडा जापानमाथि ९.२ ट्रिलियन डलर ऋणको थियो। यो जापानको ऋणको मात्रा हो, जुन यसको जीडीपी भन्दा २६६ प्रतिशतबढी हो।

त्यसको तुलनामा विश्वको सबैभन्दा ठूलो आर्थिक शक्ति अमेरिकाको ऋणलाई हेर्दा ३१ ट्रिलियन डलर छ । तर अमेरिकाका लागि राहतको कुरा यो छ कि ऋणको यो रकम उसको जीडीपीको ९८ प्रतिशत मात्र हो।

जापानमा ठूलो ऋण हुनुको सबैभन्दा ठूलो कारण अर्थतन्त्रको गतिलाई कायम राख्न दशकौंसम्म घरेलु खर्चमा बढी पैसा खर्च गर्नु हो।

तर जापानको आर्थिक प्रगतिका दुईवटा महत्त्वपूर्ण पक्ष भनेको सरकारी खर्चप्रति उत्साह नदेखाउने नागरिक र व्यवसायीहरू हुन्। तर पनि सरकारले उनीहरूका लागि खर्च गर्छ।

यसबारे ‘पिटर्सन इन्स्टिच्युट फर इन्टरनेशनल इकोनोमिक्स’का सिनियर फेलो ताकेशी टाशिरो भन्छन्, ‘यहाँ जनताको बचत धेरै छ र लगानी कम छ, त्यसैले माग निकै कमजोर छ। त्यसैले सरकारबाट आर्थिक प्रोत्साहन आवश्यक छ, पर्छ।”

ताकेशी भन्छन, ‘यस समस्याको एउटा कारण जापानको जनसङ्ख्याको अवस्था हो। यहाँका मानिसहरू लामो समयसम्म बाँच्छन्। यस कारणले गर्दा सामाजिक सुरक्षा र स्वास्थ्य सेवामा बढी खर्च हुन्छ।’

यही कारण जापानीहरु आफ्नो भविष्यको बारेमा बढी चिन्तित छन् र सेवानिवृत्ति अघि सकेसम्म धेरै बचत गर्न जोड दिन्छन्।

ताकेशी बताउँछन्, ‘मानिसको उमेर अझै बढ्दै जान्छ र यो समस्या पनि लामो समयसम्म रहनेछ।’

तर, चाखलाग्दो कुरा यो छ कि विश्वकै सबैभन्दा बढी ऋणमा डुबेको अवस्थामा पनि जापानमाथि अन्तर्राष्ट्रिय लगानीकर्ताको बलियो विश्वास रहेको छ। हरेक वर्ष उनीहरले यो रकम लोन खरिदमार्फत जापानलाई दिन्छन्।



प्रतिक्रिया दिनुहोस्