Logo

जनकपुरका दुई युवकको अपहरणपछि हत्या



काठमाडौं, ८ माघ । जनकपुरका दुई युवकको अपहरणपश्चात् हत्या भएको छ । जनकपुरधाम– ८ बस्ने २५ वर्षीय रोहित साह र सोही उपमहानगर वडा नम्बर-१३ बस्ने २२ वर्षीय विष्णु साहको हत्या भारतमा भएको हो । उनीहरुको शव आइतबार विहान भारत बिहार राज्यको पर्सा गाउँको पश्चिमतर्फको फिल्डमा फेला परेको छ । उनीहरु केही दिनअघि आफन्तकोमा गएका थिए ।

अपहरणमा परेपछि अपहरणकारीले दुवैका आफन्तसँग ५० लाख रुपैया फिरौती मागेका थिए । घटनामा संलग्न रहेको आशंकामा धनुषा प्रहरीले दुई जना र भारतीय प्रहरीले तीन जनालाई नियन्त्रणमा लिएको छ । उनीहरुको नाम गोप्य राखिएको बताइएको छ । साथै, घटनामा संलग्न रहेको आशंकामा प्रहरीले अन्य चार जनाको खोजि कार्य गरिरहेको बताइएको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्