Logo

खर्च कटौतीको अभियानमा अर्थमन्त्री पौडेल, थप बजेट नमाग्न सचिवहरुलाई निर्देशन



काठमाडौं, ९ माघ । अर्थमन्त्री विष्णु पौडेलले विनियोजित बजेटभन्दा थप बजेट नमाग्न सचिवहरुलाई निर्देशन दिएका छन् । आज (सोमबार) सम्बन्धित मन्त्रालयका सचिवहरुलाई बोलाएर उनले यस्तो निर्देशन दिएका हुन् । आफू मन्त्री बनेपछि खर्च कटौतीको निर्णय गरेका अर्थमन्त्री पौडेलले विनियोजित बजेट नै खर्च गर्न भनेका हुन् ।

उनले अर्थ मन्त्रालयको पनि १५ प्रतिशत खर्च कटौती गर्ने बताइसकेका छन् । उनले अर्थ मन्त्रालयमा विभिन्न शीर्षकमा हुने १५ प्रतिशत खर्च कम गर्न सर्कुलर जारी गरिसकेका छन् ।

 

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्