काठमाडौं, १० माघ । नेकपा (एमाले) का सांसद रघुवीर महासेठले सांसद लक्ष्मी महतोलाई अदालतले शंकाको धेरामामात्रै राखिएको अवस्थामा संसद्मै पटक–पटक अपराधी भनिएको भन्दै आपत्ति जनाएका छन् । आज (मंगलबार) प्रतिनिधिसभालाई सम्बोधन गर्दै उनले लक्ष्मी हमतोको मुद्धा आजको नभएर सात वर्ष भइसकेको र यसअघिको सरकारले उनलाई समाजसेवी पदकले सम्मान गरेको बताए । उनलाई निवर्तमान सरकारले समाजसेवी पदकले सम्मान गर्दैगर्दा नदेखेको अपराधी अहिले संसदमा देख्नु राम्रो नभएको बताएका हुन् ।
‘लक्ष्मी महतोका बारेमा धेरै कुरा उठाउनु भयो । अपराधी समेत भनियो । सभामुख महोदय, के साच्चिनै लक्ष्मी महतो अपराधी नै हुन् त ? यदि अपराधी हुन् भने यो देशको निवर्तमान सरकारले प्रतिष्ठित समाजसेवी पदक दिने काम किन गर्नुभयो । त्यो बेला उहाँहरुले अपराधी हेर्नु भएन । लक्ष्मी महतोको मुद्धा आजको होइन् । अदालतले थुनछेकको आदेश दिएको ३ वर्ष भइसक्यो । पहिलेका सरकारले उहाँलाई समात्ने काम किन गरेर । समात्नु त परै जाओस् उहाँलाई सम्मान गर्यो ।
साथै, लक्ष्मी महतो अहिले पार्टीको सम्पर्कमा नभएकाले प्रहरीले समतेको भए सार्वजनिक गर्न पनि उनले अनुरोध गरे । लक्ष्मी महतोलाई समात्न एमालेको तर्फबाट प्रहरी प्रशासनलाई कुनै बाधा नरहेको उनको दाबी छ ।