Logo

बागमतीको मन्त्रालय संख्या घटाएर ११ बनाइयो



काठमाडौं, १० माघ । बागमती प्रदेश सरकारले मन्त्रालय संख्या घटाएको छ । बागमती प्रदेशका पूर्वमुख्यमन्त्री राजेन्द्र पाण्डेले सत्ता गठबन्धनको भागबन्डा मिलाउन मन्त्रालयको संख्या १४ वटा पुर्याएका थिए ।

बागमतीका मुख्यमन्त्री शालिकराम जमकटेलले मुख्यमन्त्रीमा नियुक्त भएसँगै मन्त्रालय घटाउने बताएका थिए । यसका लागि उनले समिति गठन गरेर प्रतिवेदन पेस गर्न निर्देशन नै दिएका थिए ।

प्रदेशका मुख्य सचिव मुकुन्दप्रसाद निरौलाको नेतृत्वमा बनेको समितिले आज प्रतिवेदन पेश गरेको छ । उक्त समितिले ११ वटा मन्त्रालय राख्न उपयुक्त हुने रायसहितको प्रतिवेदन पेश गरेको हो ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot