Logo

सुदूरपश्चिमका मुख्यमन्त्री रावल कारागारमा



काठमाडौं, १० माघ । सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल रेशम चौधरीलाई भेट्न कारागारमा पुगेका छन् । सुदूरपश्चिम प्रदेश सरकारमा विश्वासको मतका लागि निर्णायक रहेको नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीको रिहाइका लागि संघीय संसद र प्रदेश सरकारमासमेत आवाज उठाउँदै आएको छ ।

नागरिक उन्मुक्ति पार्टीको मत मत माग्न उनी डिल्लिबजार कारागार पुगेर  चौधरीसँग भेट गरेका हुन् । हिजो (सोमबार) रिपोर्टर्स क्लब नेपालमा भएको साक्षत्कार कार्यक्रममा पनि उनले आफू रेशम चौधरीको पक्षमा सकारात्मक रहेको बताएका थिए ।



प्रतिक्रिया दिनुहोस्

Screenshot