काठमाडौं, ११ माघ । मधेस प्रदेशका २ जना सांसद्ले आज शपथ लिएका छन्।
शपथ लिनेहरुमा माओवादी केन्द्रका सांसद् रजि हैदर र रुवी कर्णले प्रदेश सभा सदस्य पदको शपथ गरेका थिए।
उनीहरुलाई प्रदेश सभामुख रामचन्द्र मण्डलले शपथ ग्रहण गराएका हुन्।
उनीहरुविरुद्ध अदालतमा मुद्धापरेपछि शपथ ग्रहण रोकिएको थियो।