Logo

बागमतीमा माओवादीबाट तीन जना मन्त्री बन्दै



काठकाडौं, ११ माघ । बागमती प्रदेशको मन्त्रीका लागि नेकपा (माओवादी केन्द्र) बाट तीन जनको नाम टुंगो लागेको छ । मन्त्रीका लागि मकवानपुरबाट कुमारी मोक्तान, सिन्धुपाल्चोकबाट युवराज दुलाल र सिन्धुलीबाट गंगानारायण श्रेष्ठको नाम टुंगो लागेको हो ।

माओवादीले आन्तरिक मामिला,भौतिक योजना र सामजिक विकास मन्त्रालय पाउने छ । त्यसमध्ये श्रेष्ठलाई आन्तरिक मामिला, दुलाललाई भौतिक योजना र मोक्तानलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी दिने तयारी रहेको बताइएको छ ।

 

 

 



प्रतिक्रिया दिनुहोस्