Logo

उत्तर कोरियामा श्वास फेर्नै गार्हो



एजेन्सी । उत्तर कोरियाको राजधानी प्योगयांगमा श्वासप्रश्वाससँग सम्बन्धित बिरामी बढिरहेकाले पाँच दिनलाई लकडाउन गर्न आदेश दिइएको छ।

सियोलस्थित एनके न्यूजले बुधबार एक सूचना जारी गर्दै कोभिड-१९को कारण देखाइएको छ र आइतबारसम्म घरमै बस्नुपर्ने बताइएको छ।

लकडाउनको फैसलालाई मध्यनजर गर्दै त्यहाँका बासिन्दाहरुले आवश्यक कुराहरुलाई जुटाएर राख्न सुरु गरेका छन्। अचानक लकडाउनका कारण मानिसहरु डराउन थालेका छन्।

प्योगयांगका साथै अरु क्षेत्रहरुमा लकडाउन लागेको छ या छैन सो बारे केही पुष्टी भएको छैन। उत्तर कोरियामा गत वर्ष केही कोरोनाको प्रभाव देखिएको थियोभने चाँडै नियन्त्रमा लिइएको थियो। तर कुनै स्पस्ट आँकडा जारी गरिएको थिएन।

कोरोनाको समयमा उत्तर कोरियाले आफ्नो कोरोनाको आँकडा लुकाउने काम गरिरहेको थियो। यो देशले कहीले पनि आफ्ना जनसंख्यामा कोरोना संक्रमणको पुष्टि गरेको थिएन।



प्रतिक्रिया दिनुहोस्