Logo

गृहमन्त्री लामिछानेको रिटमा निवेदकलाई हकदैया नभएको सहन्यायाधिवक्ता रेग्मीको जिकिर



काठमाडौं, ११ माघ । सहन्यायाधिवक्ता संजीवराज रेग्मीले गृहमन्त्री रबि लामिछानेको नागरिकता विवादमा रिट निवेदकलाई हकदैया नभएको जिकिर गरेका छन् ।

बुधबार सर्वोच्च अदालतको संवैधानिक इजलासमा बहसका क्रममा उनले रिट निवेदकको हकदैयाको अभाव देखाउँदै उक्त रिट बदरभागी रहेको तर्क गरेका हुन् ।

‘निवेदकहरुलाई यस विषयमा निवेदन गर्न हकदैया नै रहेको छैन । आफ्नो हकदैया रहेको भनि निवेदनमा प्रस्ट आधार प्रस्तुत गर्न सक्नु भएको छैन,’ उनले बहसका क्रममा भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्