Logo

आत्मदाह गरेका आचार्यका छोरीको पठनपाठनको जिम्मा मोहन बस्नेतले लिए



काठमाडौं, १२ माघ । नेपाली कांग्रेसका पूर्वमन्त्री तथा सांसद्‍ मोहनबहादुर बस्नेतले नयाँ बानेश्वर अगाडि आत्मदाह गरेका प्रेमप्रसाद आचार्यका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका छन्।

उनले आज फेसबुकमा मृत्युभएका आर्चायप्रति श्रद्धाञ्जली लेख्दै उनको परिवारका छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजागारीको व्यवस्था मिलाउने प्रतिबद्धता ब्यक्त गरेका हुन्।

बस्नेतले आचार्यले संसद् भवन अगाडि आत्मदाह गर्नु दु:खद् भएको र आफू अहिले आफ्नो निर्वाचन क्षेत्रका कार्यक्रममा ब्यस्त रहेकोहुँदा काठमाडौं आएर उनको परिवारले भेट्ने भन्दै लेखेका छन्, ‘जहाँ पीडा हुन्छ, जहाँ दु:ख पर्छ, जहाँ आपत्ती र विपत्ति पर्छ त्यहाँ हरेक समस्याहरुलाई सम्बोधन गर्ने मेरो आफ्नो पहिचानसंगै बाल्यकाल देखिका समाजसेवाका क्रियाकलाप, कोरोना, बाढी, पहिरो, भूकम्प, आगजनी, हुरीबतास जस्ता विपत्तिमा गरिएका कार्यहरुलगायत ३२ वर्षको नि:शुल्क कोचिङ कक्षा संचालनको ईतिहासलाई साक्षी राख्दै आचार्यजीको दुःखद् निधनप्रती भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै परिवारजनमा गहिरो समवेदनाको साथमा दु:खको घडीमा सहयोगका खातिर टुहुरा छोरीहरुको पठनपाठन र श्रीमतीलाई रोजगारीको व्यवस्था मिलाउने घोषणा गर्दछु।’

 



प्रतिक्रिया दिनुहोस्