Logo

अन्तत: केन्द्रमा जस्तै मधेसमापनि पछि पर्यो जनमत



काठमाडौं, १३ माघ । जनमत पार्टी केन्द्रीय सरकारमा जस्तै मधेस प्रदेशमा पनि पछि परेको छ। जनमतबाट मघेसमा बिना विभागीय मन्त्रीकारुपमा शपथ खाएका बसन्त कुशवाहाले आफूले सामाजिक विकास मन्त्रालय रोजेका थिए। सत्तारुढ गठबन्धनको पूर्वसहमती अनुरुप पनि उनलाई सामाजिक विकास मन्त्री दिने सहमति भएको थियो।

बिहीबार प्रदेश प्रमुख कार्यालयले कुशवाहालाई कृषि मन्त्रालयको जिम्मेवारी तोकेपछि जनमत पार्टीका सांसदहरुले चर्को असन्तुष्टि जनाएका थिए।

तर कुशवाहा मुख्यमन्त्री सरोजकुमार यादवसँगको छलफल पश्चात भूमि व्यबस्था, कृषि तथा सहकारी मन्त्रालय स्वीकार गर्ने भएका छन्।

केन्द्रीय सरकारमा पनि उद्योग मन्त्रालय मागेको जनमत पार्टीले खानेपानी मन्त्रालय पाएपछि मन्त्री बनेका अब्दुल खान केही दिनसम्म खानेपानी मन्त्रालयमा पदभार ग्रहण गर्न गएका थिएनन्।



प्रतिक्रिया दिनुहोस्