काठमाडौं, १३ माघ । गृहमन्त्री रबि लामिछानेको नागरिकता विवाद सम्बन्धी रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ जारी छ । गत बुधबार सुनुवाइ नसकिएर हेर्दाहेर्दैमा राखिएको मुद्धा आज सुनुवाइका लागि पेशी तोकिएको हो । लामिछानेको नागरिकता विवाद नागरिकतामा मात्रै सीमित नभएर राहदानीमा प्रवेश पाएको छ ।
अमेरिकी नागरिकता त्याग नगरी आमेरिकी राहदानी पनि कायम रहेको अवस्थामा उनले पुनः नेपालबाट पनि राहदानी बनाएको आरोप पनि लामिछानेमाथि छ । अहिले गृहमन्त्री लामिछानेका वकिलहरुले बहस गरिरहेका छन् । लामिछानेका वकिललाई न्यायाधीशले कायम नरहेको नेपाली नागरिकता पेस गरेर राहदानी बनाउन मिल्छ ? भनेर प्रश्न गरेका छन् ।
अधिवक्ता केसीले जवाफमा यो विषय रिट निवेदकको विषय नभएको बताए ।