Logo

गृहमन्त्री लामिछाने राज्यप्रति इमानदार नभएको अधिवक्ता भण्डारीको जिकिर



काठमाडौं, १३ माघ । वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारीले गृहमन्त्री रबि लामिछाने राज्यप्रति इमानदार बन्न नसकेको जिकिर गरेका छन् ।  सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइका क्रममा गृहमन्त्री लामिछानेका निजि वकिल र सरकारी वकिलहरुको जवाफी बहसका क्रममा गृहमन्त्री लामिछानेले राज्यलाई पटक–पटक ढाँटेको भन्दै उनले यस्तो दाबी गरेका हुन् ।

रबि देशप्रति बफादार नभएको र उनले विभिन्न समयमा राज्यलाई ढाँटेको उनको आरोप छ । साथै, विदेशी नागरिक भएकै बेलामा पनि लामिछानेले नेपाली राहदानी लिएको उनले जिकिर गरे । प्रत्येक नागरिकलाई राज्यले समान रुपमा हेर्नुपर्ने बताउँदै उनले गृहमन्त्री लामिछानेलाई यस विषयमा राज्यले छुट दिन नहुने जिकिर गरे ।

 

 

 



प्रतिक्रिया दिनुहोस्