काठमाडौं, १३ माघ । नेपाल विधार्थी संघ(नेविसंघ)ले स्वतन्त्र विधार्थी युनियनको निर्वाचन तयारी थालेको छ।
तयारीस्वरुप नेविसंघले स्ववियू निर्वाचन २०७९ घोषणापत्र तयार समिति गठन गरेको छ।
नेविसंघको पूर्व केन्द्रीय सदस्य पुजन गन्धर्वको संयोजकत्वमा ३३ सदस्यीय समिति गठन गरेको विज्ञप्तीमार्फत जनाएको छ।
त्रिभुवन विश्वविध्यालयले आगामी चैत ५ गते स्ववियु निर्वाचनको मिति घोषणा गरेको छ।