Logo

दान मागेर जम्मा गरे मन्त्री किरातीले ६ लाख ४ सय



काठमाडौं, १४ माघ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीले दान संकलनबाट ६ लाख ४ सय ३४ रुपैयाँ जम्मा भएको बताएका छन्।

उनले आज फेसबुकमा बिदाबाहेको सर्वसाधारणबाट सात दिनमा दान पेटीकामा संकलित रकम, मन्त्री किरातीको एक महिनाको सेवासुविधा र सचिवालयको १५ दिनको सेवासुविधासमेत गरेर ६ लाख ४ सय ३४ रुपैयाँ जम्मा भएको बताएका छन्।

मन्त्री किरातीका अनुसार आम जनताको लागि राम्रो कार्य गर्नेक्रममा बधाई दिन आउने महानुभावहरुबाट खाँदा र माला लिनुको सट्टा दानपेटीका राखेको र पेटीकामा जम्मा भएको रकम दुर्गम क्षेत्रको विद्यालयमा अक्षयकोष स्थापनार्थ उपयोग गरिने बताए।



प्रतिक्रिया दिनुहोस्