Logo

भ्रष्ट न्यायाधीश मुर्दावाद भन्दै रबिका समर्थक सडकमा



काठमाडौं, १४ माघ । सर्वोच्च अदालतको आदेशबाट गृहमन्त्री र सांसद् पद खारेज भएका रबि लामिछानेका समर्थकहरु सडकमा आएका छन्।

उनीहरुले आज माइतीघरमा प्रदर्शन गर्दै सर्वोच्चबाट पद खारेज गराउने भ्रष्ट न्यायाधीश मुर्दावाद, रबिको समर्थनमा हामी छौं, निर्वाचन आयोगलाई कारवाही गर, फैसला खारेज गरलगायतका नारा लगाएका छन्।

सर्वोच्चले हिजोमात्रै रबि लामिछानेले नेपाली नागरिकता पुन: प्राप्ति नगरेको भन्दै उनको सांसद् पदनै खारेज गरेको थियो।



प्रतिक्रिया दिनुहोस्