काठमाडौं, १४ माघ । सर्वोच्च आदालतले संसद् पदनै खारेज गरिदिएपछि रबि लामिछानेले सम्हाल्दै आएको गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्हाल्ने भएका छन्।
राष्ट्रपति कार्यालयले आज विज्ञप्ति जारी गर्दै लामिछाने पदबाट राजीनामा दिएकाले उनले सम्हाली रहेको गृहमन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री प्रचण्डले सम्हाल्ने जनाएको छ।