Logo

रबिको घटनाले देशमा कानुनी राज्य छ भन्ने प्रमाणित गर्‍यो– शेखर कोइराला



काठमाडौं, १४ माघ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले रबि लामिछानेको नागरिकता विवाद मुद्धामा सर्वोच्च अदालतले गरेको फैसलाले देशमा कानुनी राज्य रहेको प्रमाणित गरेको दाबी गरेका छन् । शनिबार विराट नगरमा प्रेस युनियन प्रदेश १ को प्रथम अधिवेशनलाई सम्बोधन गर्दै उनले राज्यका सबै संयन्त्रहरु रबिको पक्षमा लाग्दा पनि न्यायालयले उपयुक्त फैसला गरेको बताएका हुन् ।

साथै, न्यायालय अडिग रहेमा सबैले न्याय पाउने पनि उनले बताए । ‘रवि लामिछानेको घटनाले देशमा कानुनी राज्य छ भन्ने कुरा प्रमाणित भएको छ । यसबाट सबैले पाठ सिक्नु आवश्यक छ । न्यायालय अडिग हुँदा न्याय हुँदो रहेछ भन्ने हिजोको सर्वोच्चको फैसलाले प्रमाणित गरेको छ । राज्य संयन्त्र पूरै लाग्दा पनि न्यायालयले कानुन अनुसार फैसला गर्‍यो,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्