Logo

पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर आत्तिनु पर्दैन– सुवास नेम्वाङ



काठमाडौं, १४ माघ । नेकपा (एमाले) का उपाध्यक्ष सुवास नेम्वाङले मुलुकको पछिल्लो राजनीतिक घटनाक्रमलाई लिएर कोही पनि आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन् ।

हिजो (शुक्रबार) रबिलामिछानेको नागरिकता विवादमा सर्बोच्च अदालतबाट भएको फैसलाको प्रसंग जोड्दै उनले त्यस्ता समस्यालाई संवैधानिक व्यवस्था बमोजिम नै हल गरिनुपर्ने बताएका हुन् ।

शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताले बनाएको संविधान कार्यान्वयनमा राजनीतिक दल सचेत हुनुपर्ने बेला आएको औंल्याएका छन् । ‘अहिलेको राजनीतिक घटनाक्रमबाट सम्मानित सर्वोच्च अदालतको फैसलाबाट गृहमन्त्रीले राजीनामा गर्नुपर्ने अवस्था भयो । यी घटनाक्रमलाई हामी एउटा टुंगोमा पुर्‍याउँछौं । अलिकति पनि आत्तिनुपर्ने, चिन्ता गर्नुपर्ने कुरा छैन,’ नेम्वाङले भने । कानुनमा भएको व्यवस्था अनुसार कोहीमाथि पनि मुद्धा चल्न सक्ने भन्दै उनले रबिको मुद्धालाई आश्चर्यका रुपमा लिन नहुने बताए ।



प्रतिक्रिया दिनुहोस्