Logo

दिल्लीमा नेपाली नागरिकको घाँटी थिचेर हत्या



एजेन्सी । भारतको पश्चिम दिल्लीस्थित तिलक विहार क्षेत्रमा ४३ वर्षिय एक नेपालीको शव फेला परेको छ।

प्रहरीका अनुसार उनको शव शनिबार फेला परेको र त्यहाँका एक स्थानीयले तिलक विहारको सीआरपीएफ क्याम्प नजिकै शव भेटिएको जानकारी प्रहरीलाई गरेका थिए।

उनका अनुसार मृतक राजकुमार गालन हुन र उनी नेपालस्थित कालीकरका स्थायी बासिन्दा हुन्।

समाचार माध्यमअनुसार तिलक नगर प्रहरी चौकीमा आइपीसीको धारा ३०२ अनुसार मुद्धा दर्ता गरिएको छ।

शवको जाँच गर्दा उनको गालामा गहिरो काटिएको घाउँ देखिएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot