काठमाडौं, १५ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीको बैठक केही बेरमा बस्ने भएको छ।
यसअघि राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रहेका रबि लामिछानेले नेपाली नागरिकता लिएपछि बैठक बस्ने भएको हो।
पार्टीको बैठकमा पछिल्ला घटनाक्रम र अगामी रणनीतिको बारेमा छलफल हुने रास्वपाका एक नेताले बताए।
बैठकमा पार्टीका सांसद् र केन्द्रीय सदस्यको उपस्थिति हुनेछ।
लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरेको थियो।