Logo

पोखरामा एक पुरुषले गरे आत्मदाहको प्रयास



काठमाडौं, १५ माघ । पोखरामहानगरेको काहुँखोलामा जलेर दुई जना घाइते भएका छन् । घाइते हुनेमा ४३ वर्षीय पुरुष र एक महिला रहेकी छन् ।

घाइते भएका दुवै जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । कास्की मादी गाउँपालिका स्थायी ठेगाना भएका ४५ वर्षिय पुरुषले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेपछि उनलाई बचाउने क्रममा अर्का एक जना पनि घाइते भएको बताइएको छ ।

अहिले दुवै जनाको पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयू कक्षमा उपचार भइरहेको बताइएको छ ।

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot