काठमाडौं, १५ माघ । सर्वोच्च अदालतले नागरिकता पुन:प्राप्ति नगरेको भन्दै सांसद् पद नै खारेजी गरिदिएका रबि लामिछाने नेपाली नागरिकता पाएका छन्।
उनले जिल्ला प्रशासन कार्यालय काठमाडौं पुगेर पुन: नागरिकता लिएका हुन्।
लामिछानेको शुक्रबार सर्वोच्चले पुन: नेपाली नागरिकता नलिएको भन्दै उनको गृहमन्त्रीलगायत सांसद् पद नै खारेज गरेको थियो।
तस्बिर : मुकुन्द कार्की