Logo

अन्तरघातीलाई कारवाही गर्ने पत्र पठाउन म्याद थप्यो कांग्रेसले



काठमाडौं, १५ माघ । नेपाली कांग्रेसले गत मंसिर ४ गतेसम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघात गर्ने कार्यक्रताहरुको नामावली पठाउने म्याद थप गरेको छ।

केन्द्रीय अनुशासन समितिले आज एक विज्ञप्ति जारी गर्दै गत मंसिर ४ गतेसम्पन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा अन्तरघात गरी असहयोग गर्ने कार्यक्रताहरुको नाम केन्द्रमा पत्राचार गर्न माघ मसान्तसम्म समय थप गरेको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot