काठमाडौं, १६ माघ । पोखरामहानगरको काहुँखोलामा आगोले जलेर घाइते भएकी संगीता सापकोटाको निधन भएको छ । आइतबार उनको घरमा व्यवसाय गरी बस्ने कृष्णबहादुर क्षेत्रीले आत्मदाहको प्रयास गरेपछि उनलाई बचाउन खोन्दा सापकोटा जलेर गम्भीर घाइते भएकी थिइन् ।
क्षेत्रीले आफ्नै शरीरमा पेट्रोल छर्किएर आत्मदाहको प्रयास गरेका थिए । उनीहरुलाई उपचारको लागि पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागिएको थियो । आगोले जलेर गम्भीर घाइते भएकी सापकोटाको आइतबार राति निधन भएको हो । आगलागीमा परी सापकोटाको ७० प्रतिशत शरीरको भाग जलेको थियो । आत्मदाहको प्रयास गर्ने क्षेत्रीको भने उपचार भइरहेको छ ।