Logo

गृहमन्त्रीको निर्णयको जिम्मा प्रधानमन्त्री प्रचण्डलाई



काठमाडौं, १६ माघ । नेकपा (माओवादी केन्द्र ) ले गृहमन्त्रीको निर्णय गर्ने जिम्मा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई दिएको छ । सोमबार बसेको पार्टी पदाधिकारी बैठकले प्रचण्डलाई उक्त जिम्मेवारी दिएको हो ।

गत शुक्रबार सर्वोच्च अदालतको संवैधानिक इजलासले रबि लामिछानेको नागरिकता विवादमा उनको सांसद पद खारेजीको फैसला गरेको थियो । सांसद पद खारेज भएसागै उपप्रधान एवं गृहमन्त्री रहेका लामिछाने पदमुक्त भएका थिए ।

आइतबार काठकाडौं जिल्ला प्रशासन कार्यालयमा पुगेर रबिले पुनः नयाँ नागरिकता लिएका छन् । नयाँ नागरिकता लिएसँगै सत्ता गठबन्धनको शीर्ष नेतासँग भेटेर पुनः गृहमन्त्री बनाउन आग्रह गरेका लामिछानेलाई गैरसांसदको रुपमा गृहमन्त्री बनाउन प्रचण्ड सकारात्मक छैनन् ।

 

 

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot