Logo

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु



काठमाडौं, १७ माघ । नेकपा (माओवादी केन्द्र) कोे पदाधिकारी बैठक सुरु भएको छ ।  बैठक पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको हो । हिजोदेखि जारी रहेको माओवादी केन्द्रको पार्टी पदाधिकारी बैठकमा मुलूकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको संगठन विस्तार, नेताहरुको कार्यविभाजन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री एवं माओवादीका अध्यक्षसमेत रहेको पुष्पकमल दाहाल ‘प्रचण्ड’ कारणबस खाली भएको गृह मन्त्रालय आफ्नो पार्टी मातहतमा राख्न चाहन्छन् । उनलाई पार्टी पदाधिकारीले माओवादीको नेतृत्वमा गृह मन्त्रालय हुनुपर्ने सल्लाह दिँदै आएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्

Screenshot