काठमाडौं, १७ माघ । ट्रान्सपरेन्सी इन्टरनेशनलले आज आफ्नो प्रतिवेदन सार्वजनिक गरेको छ।
ट्रान्सपरेन्सी इन्टरनेशनलले सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांक सार्वजनिक गर्दै नेपालको अवस्था केही सुधार भएता पनि भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीमा कायमै रहेको जनाएको छ।
सन् २०२२ को भ्रष्टाचार अवधारणा सूचकांकमा नेपाल, १०० मध्ये ३४ अंक प्राप्त गरी भ्रष्टाचार व्याप्त मुलुकहरूको श्रेणीको ११० औं स्थानमा रहेको ट्रान्सपरेन्सीले जनाएको छ।
सन् २०२१ मा ३३ अंक पाउँदै नेपाल ११७ औं स्थानमा थियो।