एजेन्सी । अफगानिस्तानमा तालिवान नेतृत्वको प्रकोप व्यवस्थापन मन्त्रालयले देशमा चिसोका कारण १ सय ६८ जनाको मृत्यु भएको जनाएको छ।
खामा समाचारका अनुसार प्रकोप प्रबन्धन अधिकारी रहमान जाहिदले एक भिडियोमा देशमा २४ धण्टा खराब मौसमका कारण १ सय ६८ जनाको मृत्यु पछिल्लो १ महिनाभित्र भएको बताएका छन्।
जाहिदका अनुसार अफगानिस्तानमा सयौं घरहरू भत्किएका छन् र देशभरि ८० हजार गाईवस्तुको मृत्यु भएको छ। जसले कमजोर परिवारहरूको जीवनस्तरमा गम्भीर आर्थिक प्रभाव पारेको छ।
अफगानिस्तानका मौसम पूर्वानुमान अधिकारीहरुले आगामी दिनमा कम्तीमा १९ प्रान्तमा हिमपात हुने चेतावनी दिएका छन्।