Logo

क्यान बैठक : अध्यक्ष चन्दसहित ५ जनाको राजीनामा माग्दै बहिस्कार



काठमाडौं, १७ माघ । नेपाल क्रिकेट संघ(क्यान)को आज पोखरामा बसिरहेको बैठकमा क्यान अध्यक्ष चतुरबहादुर चन्दसहित ५ जना पदाधिकारीको राजीनामा माग गरिएको छ।

बैठकको सुरुमै क्यानका केन्द्रीय सदस्य ऋषिराम गौतमले आफ्नो समूहको धारणा राख्दै अध्यक्ष चन्दलगायत ५ जना पदाधिकारीको राजीनामाको माग गर्दै चन्दलाई ज्ञापनपत्र बुझाएर बहिस्कार गरेका हुन्।

गौतमसहित ७ जना केन्द्रीय सदस्यहरुले नेपाल टी-२० लिगमा अनियमितताको आरोप लगाउँदै राजीनामा माग गरेका हुन्।

उनीहरुले केही दिन अगाडि काठमाडौंमा पनि पत्रकार सम्मेलन गरेर राजीनामाको माग गरेका थिए।

क्यानको पोखरा बैठकले सन्दीपको निलम्बन फुकुवा, साधारण सभालगायतका धेरै विषयमा छलफल गर्ने बताइएको छ।



प्रतिक्रिया दिनुहोस्

Screenshot