काठमाडौं, १७ माघ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रबि लामिछाने चितवनबाट उपनिर्वाचनमा लडे उनलाई हराएर पठाउने कांग्रेसले दाबी गरेको छ।
काठमाडौंमा पत्रकारहरुसँग कुरा गर्दै कांग्रेस चितवन सभापति राजेश्वर खनालले लामिछानेले उप निर्वाचनमा सहभागी भए चितवन कांग्रेसले उनलाई हराएर पठाउने बताए। ‘३२ दिनमा गृहमन्त्री हुँदा उहाँले के गर्नुभयो। चितवनका मतदाताले बुझिसकें। नागरिकता र दोहोरो पासपोर्टको मुद्धा मतदाताले बुझिसके’ उनले भने।
उनले कांग्रेसभित्र गुटउपगुट नभइ एकत्रित भएर लागे रबिलाई सजिलै चुनाव हराउन सकिने बताए।