Logo

माओवादी केन्द्रको स्थायी कमिटी बैठक भोलि बस्ने



काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक भोलि (बिहिबार) बस्ने भएको छ । आज (बुधबार) १ बजेका लागि बोलाइएको स्थायी कमिटी बैठक संसद् बैठकका कारण स्थगित भएको थियो ।

माओवादी केन्द्रको केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायका अनुसार स्थायी कमिटीको बैठक भोलि बिहान ११ बजेदेखि बस्ने छ ।

गत माघ १२ गतेदेखि सुरुभएको माओवादीको स्थायी कमिटी बैठका पार्टी एकता, संगठन बिस्तार, नेताहरुको कार्यविभाजन र पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा लगातार छलफल भइरहेको छ ।

 

 



प्रतिक्रिया दिनुहोस्