Logo

एमाले सांसदको प्रश्न– क्याविनेटमा बसेर संविधानको बर्खिलापमा बोल्न मिल्छ ?



काठमाडौं, १८ माघ । नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको मन्त्रिपरिषद्मा रहेका सदस्यहरुले संघीय लोकतान्त्रिक गणतन्त्रात्म व्यवस्था र धर्मनिरपेक्षताको विरुद्धमा बोलेको भन्दै आपत्ति जनाएका छन् । आज (बुधबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै पन्तले राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदहरुले संविधानको व्यवस्था भन्दा बाहिर गएर बोलेको भन्दै आपत्ति जनाएका हुन् ।

‘सहरी विकास मन्त्रीज्यूले चितवनमा गएर आफ्नो पार्टीले संघीयता स्वीकार नगरेको दाबी गर्नुभयो । हाम्रो पार्टीको अडान छ, हामीले संघीयता स्विकार गरेका छैनौं । धर्म निरपेक्षताको विरोध गरेका छौं त्यही अनुसार हाम्रो अडान छ, भनेर मन्त्रीहरुले भनेका छन् । संविधान अनुसार शपथ गरेका मन्त्रीले सरकारको विरुद्धमा बोल्न मिल्दैन । यो राम्रो लक्षण होइन,’ उनले भने ।

साथै, धर्मकै कारण पाकिस्थान, बंगलादेश, हिन्दुस्थान लगायतका देश द्धन्द्धमा फसेको भन्दै उनले कुनैपनि दलले धर्मलाई एजेण्डा बनाउन नहुने बताए । दलको आफ्ना राजनीतिक एजेण्डाहरु सांसदहरुले बोल्न मिल्ने तर क्याबिनेटमा रहेका मन्त्रीले सरकारको विरुद्धमा बोल्न नमिल्ने उनको तर्क छ । ‘यो मैले मत हालेको सरकार हो । राप्रपाको आफ्नै विचार होला, आफ्ना विचारहरु भन्न सक्छ । त्यसमा सांसदहरुले बोल्न सक्छन् । तर, क्याविनेटमा बसेर संविधानको बर्खिलापमा बोल्ने कुरा यो संविधानको विपरीत हो यसले लोकतन्त्रलाई कमजोर बनाउँछ,’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot