काठमाडौं, १८ माघ । भारतले नेपाललाई दिने अनुदान घटाएको छ।
भारत सरकारका अर्थमन्त्री निर्मला सीतारमणले बुधबार आर्थिक वर्ष २०२३/२४को बजेट सार्वजनिक गर्दै नेपाललाई दिने अनुदान घटाएकी हुन्।
प्रस्तुत बजेटमा नेपालले साढे ५ अर्ब भारतीय रुपैयाँमात्र अनुदान पाउने भएको छ। तर गत वर्ष भारतले नेपाललाई ७ अर्ब ५० करोड भारतीय रुपैयाँ अनुदान छुट्याएको थियो।