काठमाडौं, १८ माघ । नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक फेरि सरेको छ।
आज अपरान्ह ४ बजे बस्ने भनिएको बैठक शुक्रबार ३ बजेका लागि सारिएको माओवादी नेता हरिबोल गजुरेलले रिपोर्टर्स नेपाललाई बताए।
हिजोको बैठक प्रतिनिधिसभा रहेका कारण सारिएको र आजको बैठक प्रधानमन्त्रीको कार्यब्यस्तताले सारिएको पार्टीका नेताहरुले जनाएका छन्।