Logo

बन्द प्रशिक्षणमा फर्किए सन्दीप



काठमाडौं, २० माघ । बलात्कारको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्व कप्तान सन्दीप लामिछाने राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा फर्किएका छन्।

उनी आज नेपाल क्रिकेट संघ(क्यान) बोलाएको बन्द प्रशिक्षणमा सहभागी भएका छन्।

क्यानको पोखरामा बसेको बैठकले उनीमाथिको निल्मबन फुकुवा गरेको थियो। फुकुवा लगत्तै क्यानले बन्द प्रशिक्षणमा उनको नामपनि राखे‍को थियो।

आउँदो महिना हुने त्रिकोणात्मक घरेलु एक दिवसीय सिरिजका लागि लामिछाने प्रशिक्षणमा फर्केका हुन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot