Logo

माधव र महन्थसँग संवादमा जुटे देउवा, राष्ट्रपति निर्वाचनको रणनीति तय हुँदै 



काठमाडौं, २१ माघ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नेकपा (एकीकृत समाजवादी) र लोकतान्त्रिक समाजवादी पार्टीसँग संवाद सुरु गरेको छ । कांग्रेस सभापति शेर बहादुर देउवा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरबीच छलफलमा जुटेका हुन् । उक्त छलफलमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पनि सहभागी छन् ।

सत्ता गठबन्धनका दलबीच गृहमन्त्रालय कसले लिने भन्ने कुरामा खटपट सुरुभएसँगै विपक्षी दलका नेताहरु राष्ट्रपतिको निर्वाचनका लागि रणनीति तय गर्न छलफलमा जुटेका हुन् । उनीहरुबीच राष्ट्रपति, उपराष्ट्रपतिको निर्वाचन, राष्ट्रियसभाको उपाध्यक्षको निर्वाचन लगायतका विषयमा छलफल हुने बताइएको छ ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot