Logo

लोकप्रियताको आधारमा अभियोग लागेको व्यक्तिलाई उन्मुक्ति दिनु ग्राह्य हुनसक्दैन- उपसभापति खड्का



काठमाडौं, २१ माघ । नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले अभियोग लागेका कुनैपनि व्यक्तिलाई उसको लोकप्रियताका आधारमा उन्मुक्ति दिन नहुने बताएका छन् । नेपाल क्रिकेट संघ (क्‍यान) ले सन्दीप लामिछानेको निलम्बन फुकुवा गरेर बन्द प्रशिक्षणमा सहभागी गराएकोतर्फ लक्षित गर्दै उनले शनिबार सामाजिक सञ्जालमा बलात्कारको अभियोग लागेको व्यक्तिलाई कुनै पनि खाले उन्मुक्ति दिने कुरा ग्राह्य हुन नसक्ने बताएका हुन् ।

‘कोही नेता लोकप्रिय होलान्,कोही कलाकार लोकप्रिय होलान्, कोही खेलाडी लोकप्रिय होलान्, यो बेग्लै कुरा हो।तर बलात्कारको अभियोग वा कुनै पनि अभियोग लागेको व्यक्तिलाई कुनै पनि खालको उन्मुक्ति दिने कुरा ग्राह्य हुन सक्तैन।सम्बन्धित संस्थाको तत्काल गंभीर ध्यान जाओस्,’ उनले भनेका छन् ।



प्रतिक्रिया दिनुहोस्