Logo

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीकी अर्याललले उम्मेदवारी दिँदै



काठमाडौं, २२ माघ । राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा (माओवादी केन्द्र) बाट उर्मिला अर्यालले उम्मेदवारी दिने भएकी छन् । आज साढे १२ बजे पार्टी संसदीय दलको बैठक बसेर २ बजेसम्ममा अर्यालको उम्मेदवारी दर्ता गराउने तयारी रहेको बताइएको छ ।

राष्ट्रिय सभा उपाध्यक्षमा नेपाली कांग्रेसले उम्मेदवारी नदिने भएको छ । कांग्रेसको आज बसेको संसदीय समितिको बैठकले माओवादीकी उम्मेदवार अर्याललाई सघाउने निर्णय गरेको छ । अर्याल राष्ट्रिय सभा उपाध्यक्षमा निर्विरोध हुने सम्भावना रहेको छ ।



प्रतिक्रिया दिनुहोस्

Screenshot