काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) आजको प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएको छ।
रास्वपाको आज केन्द्रीय कमिटी र संसदीय दलको बैठक भएकोले प्रतिनिधिसभाको बैठकमा सहभागी नहुने भएको हो।
रास्वपाको बैठक अहिले पार्टी कार्यालय बसुन्धारामा बसिरहेको छभने प्रतिनिधिसभाको बैठक १ बजेदेखि संसद भवन नयाँ बानेश्वरमा बस्दैछ।
रास्वपाले सरकारमा जाने वा नजाने, प्रधानमन्त्री प्रचण्डले आग्रह गरेको भौतिक पूर्वाधार मन्त्रालय लिने वा नलिने विषयमा निर्णय हुनेछ।