Logo

माधव नेपालको राजनीतिक प्रतिवेदनमाथि न्यौपानेको ‘नोट अफ डिसेन्ट’ (पूर्णपाठसहित)



काठमाडौं, २२ माघ । नेकपा (एकीकृत समाजवादी) का नेता मुकुन्द न्यौपानेले अध्यक्ष माधवकुमार नेपालको राजनीतिक प्रतिवेदनमाथि फरकमत प्रस्तुत गरेका छन् । हिजोदेखि सुरुभएको पार्टी केन्द्रीय कमिटी बैठकमा अध्यक्ष नेपालले २५ पृष्ठ लामो राजनीतिक प्रतिवेदन पेश गरेका थिए । अध्यक्ष नेपालको प्रतिवेदनमाथि फरक मत राख्दै नेता न्यौपानेले लिखित रुपमै फरक मत प्रस्तुत गरेका हुन् ।न्यौपानेले प्रस्तुत गरेको फरक मतमा नेकपा (एमाले) सहितको बृहत कम्युनिष्ट एकतामा जोड दिएका छन् ।

‘२०७९ मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमा जनताले मतदानमा हाम्रो पार्टीलाई स्वीकार गर्न नसक्दा संविधानको प्रावधान अनुसार थे्रसहोल्ड सम्म जोगाउन सकेन । जनताले हामीले गरेको विद्रोहलाई स्वीकार गरेनन् । एउटा कम्युनिष्ट पार्टीले आफुलाई जनताको इच्छा र आकांक्षा अनुसार चलाउनु पर्छ । यदि जनताको आवश्यकता र इच्छा अनुसार चल्न सकोनौं भने हामी असफल हुने छौं । आफ्नो कमी कमजोरीहरुलाई आत्मसात गरी सच्याउँदै अघि बढ्ने, असफलतावाट शिक्षा लिई ठोस परिस्थितिको ठोस विश्लेषण गर्न जरुरी छ । अतः संकटपूर्ण घडीमा हाम्रो पार्टीको नेतृत्वले राजनीतिक स्थायित्वका लागि, आर्थिक अवस्थालाई समाजवाद उन्मुख दिशामा लानका लागि र क्रान्तिकारी कम्युनिष्ट आन्दोलनको रक्षा, विकास गर्नका लागि मूर्त र ठोस ढंगको राजनीतिक कार्यदिशा र मुख्य कार्यभारलाई आत्मसात गर्न जरुरी छ । आजको मुख्य कार्यभार एक देश–एक कम्युनिष्ट पार्टी निर्माण हो । नेकपा (एमाले) सहितको वृहत्कम्युनिष्ट एकता हो । यो कार्यभारलाई चालु केन्द्रीय कमिटीको वैठकवाट पारित गरि अघि वढ्नु पर्दछ,’ न्यौपानेले लेखेका छन् ।

 

 

 

 



प्रतिक्रिया दिनुहोस्

Screenshot