Logo

नागरिकता पुनः प्राप्ति नगर्दासम्म रबि नेपाली नागरिक थिएनन्– सुरेन्द्र भण्डारी



काठमाडौं, २२ माघ । वरिष्ठ अभिवक्ता डा. सुरेन्द्र भण्डारीले नेपालको शासन नेपाली नागरिकले मात्रै गर्न सक्ने बताएका छन् । हिजो (शनिबार) प्राइम टाइम्स टेलिभिजनको ‘जनता जान्न चाहन्छन्’ कार्यक्रममा पत्रकार ऋषि धमलासँग संवाद गर्दै उनले रबि लामिछाने काविल, सक्षम र अन्य धेरै गुण भएपनि नेपालका नागरिकमाथि शासन गर्न नेपाली हुनु अनिवार्य रहेको बताएका हुन् । ‘मुलुकको राजनीति, शासन सत्ता नेपाली नागरिकलेमात्रै गर्ने हो । नेपालीले मात्रै नेपालका नागरिकमाथि साशन गर्न पाउने हो । जो नेपाली नागरिक छैनन्, उसले नेपाली नागरिकमाथि साशन गर्न पाउदैँन । उनीसँग काविल,सक्षम, धेरै गुण भएपनि नेपाली नागरिक हुनु आधारभूत आवश्यकता हो,’ उनले भने ।

रबिले अमेरिकी नागरिकता त्यागेपछि नेपाली नागरिकता पुनः प्राप्तिको प्रक्रिया पुरा नगरेसम्म नेपाली नागरिक हुनै नसक्ने उनको जिकिर छ । रबिको फैसलासँगै नेपालीमाथि विदेशीले शासन गर्ने सम्भावना नभएको उनको दाबी छ । ‘अमेरिकाको नागरिकता त्यागिसकेपछि नेपालको कानुन, नागरिकता ऐनअनुसार पुनः नेपाली नागरिकता प्रँप्त नगर्दासम्म त्यो व्यक्ति नेपाली नागरिक हुन सक्दैन । निर्वाचनमा उम्मेद्वार हुने, निर्वाचित हुने, सांसद हुने,मन्त्री हुने, शासन गर्ने, यी कुनैपनि कुरा गर्नका लागि नेपाली नागरिक हुनुपर्छ । यो नहुदाँखेरी भोलि विदेशीहरुले नेपालमा शासन गर्ने एउटा ढोका खुल्छ । त्यसैले मुलुक, राष्ट्र हितका लागि, आम नेपाली नागरिक, सार्वभौम सत्ताको संरक्षणका लागि र संविधानका रक्षाका लागि यो जरुरी थियो,’ उनले भने ।

साथै, रबिलाई आफूले व्यक्तिगत रुपमा नचिनेको र टेलिफोन संवादमा गलत बाटोमा हुनुहुन्छ भनेर सम्झाएको पनि उनले स्मरण गरे ।



प्रतिक्रिया दिनुहोस्

Screenshot