Logo

राष्ट्रिय एकता अभियानले मनायो सन्त रविदास जन्मजयन्ती



काठमाडौं, २२ माघ । राष्ट्रिय एकता अभियान बाराले श्रमण परम्पराका ऋषि सन्त रविदासको जन्मजयन्ती मनाएको छ।

अभियानले सन्त रविदासको पूजा तथा समरसता कार्यक्रम गरी जन्मजयन्ती मनाएको जनाएको छ।

बारा सदरमुकाम कलैयास्थित भरवलिया टोलमा १८ नम्बरका वडाध्यक्षको अध्यक्षतामा जन्मजयन्ती मनाइएको अभियानका केन्द्रीय अध्यक्ष विनय यादवले बताए।

जन्मजयन्ती कार्यक्रममा प्रमुख अतिथि तथा अभियान निकट राष्ट्रिय विद्यार्थी परिषद्का संयोजक विवेक कुशवहाले समाजमा जातिको आधारमा भई रहेको छुवाछुतप्रति आपत्ति जनाए।



प्रतिक्रिया दिनुहोस्

Screenshot