Logo

रास्वपाका मन्त्रीहरुले आजै राजीनामा बुझाउने



काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)बाट सरकारमा सहभागी भएका मन्त्रीहरुले आजै राजीनामा बुझाउने भएका छन्।

उनीहरुले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई आज नै राजीनामा बुझाउने पार्टी सभापति रबि लामिछानेले बताएका छन्।

रास्वपाको आज(आइतबार) बसेको केन्द्रीय कमिटी र संसदीय दलको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो।

बैठकले पार्टीबाट सरकारमा रहेका मन्त्रीहरुलाई फिर्ता बोलाउने तर समर्थन हाललाई कायम गर्ने सर्वसम्मत निर्णय भएको सभापति रबि लामिछानेले बताएका छन्।

रास्वपाबाट हालसरकार शिक्षामन्त्री शिशिर खनाल, श्रममन्त्री डिपी अर्याल र स्वास्थ्य राज्यमन्त्रीमा डा तोषिमा कार्की रहेकी छिन्।



प्रतिक्रिया दिनुहोस्

Screenshot