Logo

देश चलाउन मन भए चितवन– २ मा चुनाव लड्न आउनुस्– रबि लामिछाने



काठमाडौं, २२ माघ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रबि लामिछानेले देश चलाउन मन भए आफूसँग चितवन–२ मा चुनाव लड्न आउन आग्रह गरेका छन् ।

पार्टी बैठकपछि विशेष पत्रकार सम्मेलन गर्दै उनले मिडियाहरुले गलत समाचार सम्प्रेषण गरेको आरोप लगाउँदै प्रकाशक र सम्पादकलाई देश चलाउन मन भए चुनाव लड्न आउन आग्रह गरेका हुन् ।

‘देश चलाउन मन भए चितवन–२ मा मसँग चुनाव लड्न आउनुस् । एक–एक जना आउनुस्, अमित ढकाल पनि आउनुस्, अनलाइन खबरका धर्मराज भुसाल पनि आउनुस् । कनकमणि दीक्षित र दिलभुषण पाठक पनि आउनुस्’ उनले भने ।



प्रतिक्रिया दिनुहोस्

Screenshot